अन्तर्वार्ता / विवेकविक्रम शाह
दरबार हत्याकाण्ड यसकारण थियो र ाजनीतिक षड् यन्त्र
२०२१ सालको कुरा हो, रुकुम सदरमुकाम मुसीकोटको त्रिभुवन जनता माध्यमिक विद्यालयबाट दर्ुइ जना विद्यार्थीले पहिलोपटक एसएलसी दिन पाएका थिए । तीमध्ये गोपालजीजङ्ग शाह फेल भए भने विवेकविक्रम शाह दोस्रो श्रेणीमा उत्तर्ीण्ा । गोपाल राजनीतितिर लागे र कालान्तर मा सांसद-मन्त्री भए । विवेकचाहि“ रुकुमबाट तीनपटक राष्ट्रिय पञ्चायत सदस्य भएका आफ्ना बुबा ध्रुवविक्रम शाहको बाटो नपछ्याईकन आफ्ना नातागोता कोही नभएको सेनाको जागिर खान पुगे । र, रुकुमको गाउ“बाट राजधानी छिरेर राजदरबारको प्रमुख सैनिक सचिवसमेत भए ।
सेवानिवृत्त लेफ्टिनेन्ट जनरल विवेकविक्रम शाहको ३५ वर्ष सैनिक जीवनको ३० वर्षदरबारमा बितेको थियो । र, राजा वीरेन्द्रस“ग त उनको कार्यकाल लगभग पूरै बित्यो । तर, ज्ञानेन्द्र राजा भएपछि ०५९ कात्तिकमा उनी अचानक ँखोसुवा’ मा परे । अहिले उनकै शब्दमा आफूलाई व्यस्त राख्न खानेपानीको पाइप बनाउने एउटा सानो उद्योग चलाएर बसेका छन् । स“गस“गै कार्टर सेन्टरको अघोषित परामर्शदाताको भूमिका निर्वाह गर्छन् । उहिले राजनीति नथाले पनि अब त्यतातिर चाख बढेजस् तो देखिन्छ ।
तीन दशकसम्म राजाको छाया बनेर बस्दा उनले जे-जे देखे, त्यो सामान्य नेपालीको पहु“चबाहिरको अनुभव हो । नेपाल ले धेरै पहिलेदेखि अनुरोध गरे तापनि हालै आएर मात्र उनी ती कुराहरू र्सार्वजनिक गर्न तयार भए । सुधीर शर्मालाई दिएको जीवनकै पहिलो अन्तर्वार्तामा उनले थुप्रै अनुद्घाटित तथ्यहरू खोलिदिएका छन् ।
रुकुमबाट रँजदरबार
तपाईंले दरबारमा तीन दशक बिताएर जुन पद -प्रमुख सैनिक सचिव) बाट अवकाश पाउनुभयो, त्यसको काम के हो खासमा -
सैनिक सचिवले दरबारका तर्फाट सेना, प्रहरीलगायत सुरक्षासम्बन्धी काममा सरकारस“ग समन्वय गर्ने भन्ने थियो । त्यसबाहेक संसद्बाट पारति विधेयकमाथि प्रमुख सचिवस“गै सैनिक सचिवले पनि दस्तखत गरेपछि मात्र राजाको लालमोहर लगाइन्थ्यो अनि त्यो ऐन बन्थ्यो ।
२०६३ सालअघि सेनामाथि दरबारको जे-जति नियन्त्रण थियो, त्यो तपाईंकै विभाग अर्थात् प्रमुख सैनिक सचिवालयमार्फ नै हुन्थ्यो हैन र -
त्यसबेलाको सुप्रिम कमान्डर-इन-चीफ राजा भएका कारण आर्मी चीफ -प्रधानसेनापति) का लिखित रपिोर्ट र मौखिक जाहेरी राजामा जाहेर गर्ने र जवाफ चीफकहा“ पुर्याइदिने काम हुन्थ्यो । जहा“सम्म नियन्त्रणको कुरा छ, सरुवा-बढुवालगायत कतिपय कुराहरूमा नियम मिलेको छैन भने 'यो मिलेन कि' भनेर चीफलाई सुझाव दिनेसम्म मात्र हो ।
तर, तपार्इंलाई त प्रधानसेनापतिमाथिको प्रधानसेनापति भनिन्थ्यो नि -
सैनिक सचिव राजाको नजिक हुने भएकाले त्यस्तो ठानिएको होला । तर, प्रधानसेनापतिभन्दा माथिको सुपर प्रधानसेनापति भन्नेचाहि“ होइन । किनभने, दरबारमा राजा नै भएपछि हामी त स्टाफ मात्रै हो, कमान्डर त हैन नि †
रुकुमको गाउ“बाट आएर राजाको सैनिक सचिवजस् तो पदमा पुग्नुपछाडि तपाईं आफै“ रजौटा परिवारको भएकाले पनि सजिलो पर्यो होला है -
पटक्कै परेन । बरु मेरो बिहेपछि चौतरयिा परविारस“ग सम्बन्ध गा“सिनाले एक हदसम्म काम गर्यो होला । किनभने, मेरा कान्छा ससुरा सिंहप्रताप शाह, जो प्रधानसेनापति पनि बन्नुभयो, राजा वीरेन्द्रका प्रिय पात्र हुनुहुन्थ्यो । त्यसबाट केही अप्रत्यक्ष सहयोग पुगेको हुनसक्छ तर मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने मेरो पृष्ठभूमिले कुनै सहयोग पुगेको देख्दिन“ । बरु मलाई त पहाडबाट आएको हुनाले काठमाडौ“मा 'एडजस्ट' हुनै गाह्रो भयो ।
किन -
हामी पहाडबाट आउनेहरूलाई काठमाडौ“को रहनसहन सम्झनै गाह्रँे हुने सुरुतिर । त्यसमाथि दरबारमा त झन् अप्ठ्यारो † अरू त के कुरा मोटर चढ्ने, चलाउनेजस्ता सामान्य कुराको पनि अनुभव थिएन ।
दरबार पसेपछि रुकुमस“ग तपार्र्इंर्को सम्बन्ध कस् तो रह्यो -
बुबाआमा हुन्जेल ०५४ सालसम्म त्यहा“ गइरहन्थे“ । बाफीकोटमा म जन्मेको पुख्र्यौली घर माओवादीले जलाइदिए । केही पनि छैन बा“की । चौरजहारीको घरचाहि“ छ तर त्यहा“ पनि अचेल वाईसीएल बसेको सुन्छु ।
राजा वीरेन्द्र र काङ्ग्रेस-कम्युनिस्ट राजा वीरेन्द्रस“ग लामो समय काम गर्नुभयो । राजाका रूपमा कसरी सम्झनुहुन्छ -
व्यक्तिगत रूपमा उहा“ बच्चैदेखि राजा हुनलाई 'गु्रम' भएको हो । शालीनता र सरलता उहा“का विशेषता हुन् । तर, त्यही सरलता पछि गएर कमजोरीजस्तो पनि देखियो, खासगरी महत्त्वपर्ूण्ा निर्ण्र्ाारू गर्ने क्रममा ।
कहा“नेर त्यस्तो कमजोरी भयो -
बेलाबखत दरबारका कतिपय सचिवहरूको जुन हालीमुहाली सुनिन्थ्यो, त्यो उहा“को सरलताबाट सिर्जित कमजोरीकै कारण थियो । हाम्रो अनुभवमा बडामहारानी सरकार -रानी ऐर्श्वर्य) चाहि“ अलि कडा स्वभावकी हुनुहुन्थ्यो । कुरा र काम दुवैमा 'एग्रेसिभ' †
कस्तो -
उहा“ले भनेको कुरा तुरुन्तै हुनुपर्ने । उहा“लाई ठीक लागेको कुरामा हुन्न भन्नै नहुने । कस्तो स्वभाव भने, उहा“ले ड्राइभ गरेर जा“दा कसैले 'ओभरटेक' गर्न दिएन भने जसरी पनि 'ओभरटेक' गर्नैपर्ने । महाराजाधिराजको स्वभावचाहि“ त्यसको ठीकविपरीत थियो, एकदमै शालीन ।
त्यसैले राजा वीरेन्द्रले गर्ने निर्ण्र्ाारूमा रानीको प्रभाव रहन्थ्यो भनिएको हो -
त्यो खुला नै त देखिन्न थियो तर पर्दापछाडि राजनीतिक मुद्दाहरूमा पनि महाराजाधिराज सरकारले बडामहारानीको राय-सल्लाह लिइबक्सन्थ्यो ।
वीरेन्द्रले माओवादीविरुद्ध सेना परिचालन गर्न किन नदिएका होलान् -
उहा“को भनाइ सकेसम्म सबै कुरा शान्तिवार्ताबाटै टुङ्गियोस्, धेरै मान्छे नमरून्, आखिर जो मरे पनि नेपाली नै मर्ने हुन् भन्ने थियो ।
दरबारमाथि प्रायः काङ्ग्रेसप्रति पर्ूवाग्रह तर कम्युनिस्टहरूप्रति सहानुभूति राख्ने गरिरहेको आरोप लाग्छ, किन होला -
त्यो इतिहास त ०१३-१४ सालबाटै सुरु हुन्छ होला । ०१७ सालपछि पनि काङ्ग्रेस पार्टर्ीीई भारतमुखी मान्ने, बरु कम्युनिस्टहरूलाई नजिक ठान्ने गरयिो ।
०४६ सालपछि पनि त्यो देखियो है -
०५१ सालमा एमालेको अल्पमत सरकार बन्न दिएका कारण त्यसो भनिएको होला । त्यसबेला राजाले केही समय त्यत्तिकै रहन दिएको भए अन्य पार्टर्ीीको गठबन्धन सरकार बन्थ्यो होला । तर, दरबारले एमालेको अल्पमत सरकार बनोस् भन्ने ध्येय राखेजस्तो देखियो ।
किन, काङ्ग्रेसलाई ँसन्तुलन’ मा राख्न -
त्यो पनि हुनसक्छ । फेर िमनमोहन अधिकारीजीको धारणा र व्यक्तित्व राजा वीरेन्द्रस“ग मेल खाएर पनि हो कि † मैले नै देखेको छु, प्रिन्स नीराजनको व्रतबन्धमा प्रधानमन्त्री अधिकारीले दोसल्ला लगाउनुभएको थियो, उपप्रधानमन्त्री माधवकुमार नेपाल पनि राजपरविारकै सदस्यजसरी दोसल्ला लगाएर बस्नुभएको थियो । त्यसरी सायद गिरजिाप्रसाद कोइरालाले लगाउनु हुन्न थियो कि - किनभने, उहा“ले त राजाबाट तक्मासमेत लिनुभएन ।
दरबार हत्याकाण्ड
तपाईं सैनिक सचिव छ“दा नै भएको दरबार हत्याकाण्डलाई विभिन्न ढङ्गबाट हेरिन्छ । तपार्इं आफै“चाहि“ कसरी हर्ेर्नुहुन्छ -
यसलाई दर्ुइ किसिमले हर्ेर्नुपर्छ । एउटा, त्यसबेला बिहेको किचलोले गर्दा युवराज दीपेन्द्रको मानसिकता एकदमै 'एक्सटि्रम' मा पुगिसकेको थियो । र, त्यही विन्दुमा आएर हत्याकाण्ड भयो । अर्कोचाहि“, त्यो हत्याकाण्ड हुनुका पछाडि राजनीतिक षड्यन्त्र रहेको र त्यसमा देशी-विदेशी एजेन्सीहरूसमेत संलग्न रहेको पक्ष छ । तर, राजनीतिक षड्यन्त्रको कुरा अहिलेसम्म रहस्यकै रूपमा रहेको छ । मैले त्यसबेलै महाराजाधिराज सरकार -ज्ञानेन्द्र) समक्ष यो पाटोको पनि छानबिन हुनर्ुपर्छ भनेर जाहेर गरेको थिए“ ।
तर, ँराजनीतिक षड्यन्त्र’ खोतल्नका निम्ति छानबिन त भएन नि -
केही पनि भएन । दीपेन्द्रलाई त्यो हत्याकाण्ड गर्न उक्साउने देशी-विदेशी को थिए, त्यसको अनुसन्धान भएन । त्यसमा कुनै विदेशी ' इन्टेलिजेन्स' को हात रहेको आशङ्का जसरी गरन्िछ, त्यो पाटोको पनि खोजबिन हुन सकेन ।
राजा ज्ञानेन्द्रले थप अनुसन्धान गर्न अनिच्छा देखाउनुका पछाडि के कारण थियो -
त्यसबारे म अहिले केही भन्न सक्ने अवस् थामा छैन ।
तपाईं त्यसबेला दरबारको सुरक्षा विभाग प्रमुख हुनुहुन्थ्यो, त्यो हत्याकाण्डको समग्र अनुसन्धान व्यवस् िथत ढङ्गले हुन नसक्नुको खास कारण के थियो -
हत्याकाण्डलगत्तै प्रधानमन्त्रीदेखि लिएर सभामुख, मन्त्रीहरू सबै -छाउनी) अस्पतालमै छ“दा लाइब्रेरीमा बसेर निर्ण्र्ाागरएिको थियो- एउटा आयोग बनाउने र दरबारमा के भएको हो, त्यो कुरा तत्कालै बाहिर ल्याउने । त्यही अनुसार प्रधानन्यायाधीश, सभामुख, विपक्ष्ँी दलका नेतालाई राखेर आयोग बनाइएको थियो ।
तर, हत्याकाण्डको ँमोटिभ’ खोतल्ने कामचाहि“ गरिएन है -
हो, 'मोटिभ' तिर कोही पनि गएन । विशेषज्ञहरूलाई राखेर अनुसन्धान गर्ने काम पनि भएन । त्यत्रो ठूलो आयोग बनाएपछि भइहाल्यो भन्ने सोचाइ भयो ।
अहिले तपाईं कुन आधारमा षड्यन्त्र जोडिएको आशङ्का गर्दै हुनुहुन्छ त -
त्यसमा कस्तो षड्यन्त्र थियो भनेर त म अहिल्यै 'क्याटेगोरकिल्ली' भन्न सक्दिन“ । तर, मेरो विचारमा परदिृश्यमा देखिएका पजलहरू जोडि“दै जा“दा समयक्रममा केही न केही वास्तविकता बाहिर आउ“छ ।
पछि भन्नाले कहिले -
केही समयपछि, केही वर्षछि ।
तपाईंको विचारमा षड्यन्त्रकारीहरूले दीपेन्द्रको ँपmस्टेसन’ लाई नै माध्यम बनाएका हुन् त -
सतप्रतिशत उहा“लाई नै बनाएको देखिन्छ । उहा“लाई राजा बन्ने/बनाइदिने प्रलोभन पनि दिइएको हुनसक्छ । किनभने, पारविारकि किचलो कतिसम्म बढिसकेको थियो भने बेलाबेला रानी ऐर्श्वर्यले देवयानीस“गै बिहे गर्ने भएमा उहा“लाई क्राउन प्रिन्सबाट हटाएर नीराजनलाई क्राउन प्रिन्स बनाइदिने धम्की दिएको पनि सुनिन्थ्यो । त्यसले गर्दा दीपेन्द्रमा धेरै असन्तुष्टि बढेको थियो । उहा“को त्यो मनोविज्ञानलाई नजिकबाट बुझिरहेको कसैले भड्कायो ।
बुबा-आमा सबैलाई मारेर आफू राजा बन्ने सोचाइ आएको हुनसक्छ दीपेन्द्रमा -
मेरो विश्लेषणमा उहा“ले अरूलाई केही गर्न खोजेकै होइन, खाली राजा -वीरेन्द्र) लाई मारेर आफू राजा हुन खोजेको हो । राजा भएपछि मलाई 'इम्युनिटी' हुन्छ, केही नियम लाग्दैन भन्ने उहा“को सोचाइ थियो । त्यही विन्दुमा उहा“लाई अरूहरूले उक्साए ।
त्यहा“ राजालाई मात्र मार्न खोजिएको थियो भने अरूमाथि किन गोली चलाइयो त -
उहा“ले पहिलो गोली सिलिङमा हान्नुभएको छ आफूतिर 'एटेन्सन' खोज्नलाई अनि दोस्रो गोली राजामाथि हानिएको छ । राजा लडेपछि धीरेन्द्रले नजिकैबाट दीपेन्द्रतिर 'जम्प' गर्न खोज्दा उनीमाथि पनि गोली चलाइएको छ । अनि, फेर िराजामाथि गोली हानिएको छ । यो केही सेकेन्डभित्रको घटना हो । अटोमेटिक हतियार थियो, एक मिनेटमा हजार राउन्ड गोली हान्न सक्ने । त्यति भइसकेपछि त्यहा“ कोलाहल मच्चियो । त्यहीबेला जो-जो उठे, उनीहरू सबैमाथि गोली हान्न थालियो ।
तपाईं दीपेन्द्रले नै गोली चलाएको भन्नुहुन्छ । त्यसो हो भने उनीचाहि“ कसरी मारिए त -
उहा“ आफै“ले आत्महत्या गरेको हो ।
उनी त्यसबेला जसरी मातेका थिए, त्यस्तो बेला त्यो कसरी सम्भव भयो -
उहा“ले जसरी धेरै 'डि्रङ्क' गरेको भनेर - बाहिर) आयो, त्यो बिलकुलै होइन । उहा“ त्यसबेला 'पर्फेक्टली सोबर' हुनुहुन्थ्यो, मातेजस्तो अभिनय गरेको मात्र हो । उहा“ले पहिले गोली चलाएर आफन्तहरूको हत्या गरहिाल्नुभयो, त्यसपछि मलाई लाग्छ छैटौ“ इन्द्रियले उहा“मा यस्तो भावना जगायो- ला सबै कुरा सिद्धियो † र, हतप्रभ भएर उहा“ले आत्महत्या गर्नुभयो । उहा“ले बाया“ हातको पिस्तोलबाट बाया“ कञ्चटमै हानेको गोली सोझै दाया“बाट निस्केको देखिन्छ । र, त्यो पिस्तोल बाया“ हातबाट पोखरीमा खसेको छ । उहा“ 'शार्प सुटर' हो, दाया“-बाया“ दुइटै हातले राम्रोस“ग बन्दुक चलाउन सक्ने ।
राजपरिवारका सदस्यले सजिलै हतियार पाउनसक्ने जुन अवस्था थियो, त्यो आफै“मा गलतजस्तो लाग्दैन -
दरबारमा हतियार खेलाउने चलन धेरै अगाडिदेखि नै हो । त्यसमा पनि युवराज दीपेन्द्रलाई हतियार राख्ने, चलाउने काममा त राजा वीरेन्द्रले प्रोत्साहित नै गर्नुभयो । राजाहरूको आफ्नै कोठामा पनि हतियार हुन्थ्यो ।
वीरेन्द्रको पनि हतियारप्रति धेरै मोह थियो -
थियो । उहा“ 'गुड सुटर' हो ।
जसले षड्यन्त्र गर्यो, त्यसले दीपेन्द्रलाई नै राजा बनाउन चाहन्थ्यो कि प्रयोग गर्न मात्र चाहन्थ्यो -
प्रयोग मात्र गर्न खोजेजस्तो देखिन्छ ।
यदि दीपेन्द्रलाई राजनीतिक षड्यन्त्रको माध्यम बनाइएको थियो भने त्यस्ता तत्त्वहरू उहा“को सर्म्पर्कमा पुगेका थिए भन्ने मान्नुपर्यो होइन -
हो, तर ती को-को थिए भन्ने कुरा नै अब सबभन्दा रहस्यमय भयो । त्यो पत्ता लगाउन उसबेलै अनुसन्धान हुनुपथ्र्यो भन्ने मेरो मान्यता हो ।
अहिले अनुसन्धान गरेमा त्यो रहस्य उजागर हुनसक्ला -
त्यो हत्याकाण्डको रहस्यबारे कुनै न कुनै बेला खुलासा हुन्छ भनेर मैले त्यसै भनेको होइन । तर, त्यसका निम्ति अनुसन्धान हुनर्ुपर्छ ।
षड्यन्त्रकारी कहा“का, को थिए होलान् -
देशभित्र, बाहिर जताका पनि हुन सक्छन् । त्यो यथार्थ विस्तारै निस्केला ।
दीपेन्द्रकी प्रेमिका देवयानीले बिहेको निर्ण्र्ााचा“डो गराउन युवराजमाथि दबाब दिइरहेको अवस्था पनि थियो -
त्यो मलाई थाहा भएन । देवयानीस“ग मेरो चिनजान छैन । मैले त त्यो सम्बन्धबारे जति थाहा पाए“, त्यो क्राउन प्रिन्स दीपेन्द्र र उहा“का एडीसीहरूबाटै हो । यदि केही कुरा 'ट्रेस आउट' वा 'इन्भेस्िटगेसन' गर्न सकिन्छ भने पात्रहरू त यी तीन-चार जना मात्रै हुन् ।
तपाईंको विचारमा दरबार हत्याकाण्ड गराइनुको मूल उद्देश्य के थियो होला -
र्'पर्सनल मोटिभ्स' हुनसक्छ कोही व्यक्तिहरूको । तर, त्यसभन्दा महत्त्वपर्ूण्ा कुरा, राजा वीरेन्द्रले केही समयावधिपछि नै केही कदम चाल्न लागेको अवस्था पनि थियो । किनभने, देशको स्िथति धेरै ब्रि्रेको थियो । त्यस्तो कदम चाल्न नदिनका निम्ति पनि हत्याकाण्ड गराइएको हो कि † तर, यही उद्देश्यका निम्ति त्यो घटना गराइयो भनेर ठोकुवा गर्नचाहि“ एकदम गाह्रो छ ।
षड्यन्त्र गर्ने पक्षले चाहि“ त्यो घटनापछि फाइदा पायो कि पाएन होला, तपाईंलाई के लाग्छ -
त्यो राजनीतिक षड्यन्त्रले देशभित्र त कसैलाई फाइदा पुर्याएको छैन ।
विदेशीलाई चाहि“ -
विदेशीलाई त निश्चित रूपमा फाइदा भयो । जसले नेपालमा अस्िथरता चाहन्छ, जसले नेपालमा आफ्नो स्वार्थ देख्छ, उनीहरूलाई त पक्कै फाइदा पुग्यो ।
कतिपय राष्ट्रवादी अडानका कारण त्यसबेला राजा वीरेन्द्र ँटार्गेटेड’ रहेको केही व्यक्तिहरूको धारणा छ । त्यस्तो अवस्था थियो -
त्यसबेला उहा“ बोआओ कन्फरेन्समा भाग लिएर चीनबाट भर्खरै र्फकनुभएको थियो । र, केही समयपछि नै कुनै कदम चाल्दै हुनुहुन्छ भन्ने कुराहरू बाहिर कतैबाट सुनिन्थ्यो । भर्खरै चीनबाट फर्केको हुनाले उहा“ले कतै चिनिया“हरूकै सा“ठगा“ठमा त्यस्तो कदम चाल्न लागेको हो कि भन्ने आशङ्का त्यस्तो कदम नचाहने तत्त्वहरूलाई भएको हुनसक्छ ।
उहा“ले कस्तो कदम चाल्न लाग्नुभएको थियो -
राजनीतिक कदम ।
राजा ज्ञानेन्द्रले ँमाघ १९’ मा सत्ता लिएजस्तै -
त्यो कस्तो हुन्थ्यो, 'ब्ल्युप्रिन्ट' त थाहा हुने कुरा भएन । तर, उहा“ माओवादी समस्याका कारण धेरै जनधनको क्षति हुन थाल्यो, यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सोच्दै हुनुहुन्थ्यो । बृहत् राजनीतिक वार्ता गर्न कुनै स्टेप चालेर माओवादीलाई समेत समावेश गर्ने सोचाइ भएजस्तो बुझिन्थ्यो ।
राजा वीरेन्द्रले त्यस्तो कदम चाल्ने योजनामुताबिक नै धीरेन्द्रलाई माओवादीस“ग भेट्न पठाएको हो -
यदि उहा“हरूबीच त्यस्तो -समझदारी) थियो भने त्यो मेरो जानकारीमा चाहि“ थिएन ।
राजा ज्ञानेन्द्र र राजीनामा
राजा वीरेन्द्रपछि ज्ञानेन्द्रस“ग काम गर्नुभयो । कसरी तुलना गर्नुहुन्छ -
मैले राजा वीरेन्द्रस“ग धेरै लामो अवधि काम गरे“, जुनियरबाटै पदोन्नति हु“दै गएको हो । तर, उहा“ -ज्ञानेन्द्र) स“ग त अचानक साढे दर्ुइ वर्ष त्यो पनि सिनियर पोजिसनमा पुगेर मात्रै काम गर्नुपर्यो । पहिलेदेखि नै उहा“ अलि कडा स्वभावको भन्ने सुनिन्थ्यो, त्यस्तै अनुभव भयो ।
उहा“कै पालामा नेपालमा राजतन्त्र सिद्धिने दिशातिर गयो हैन -
निश्चित रूपमा हो । ०३६ सालको आन्दोलन मूलतः विद्यार्थीका मागहरूबाट भएको थियो । ०४६ सालमा त्यो व्यवस्थाविरुद्ध गयो । त्यसबेलै हामीले भनेका थियौ“- अब हुने आन्दोलन राजतन्त्रविरुद्ध हुन्छ । त्यसैले खासगरी दरबार हत्याकाण्डपछि राजाको भूमिका फुकीफुकी चल्ने खालको हुनुपथ्र्यो तर उहा“ निर्ण्ाायक रूपले जानुभयो । छोटो अवधिमा धेरै गर्न खोजेजस्तो पनि देखियो । 'राइडर' मात्र राम्रो भएर भएन, घोडा पनि राम्रो हुनुपथ्र्यो ।
राजा ज्ञानेन्द्रको एक जना मुख्य सहयोगी त तपाईं नै हुनुहुन्थ्यो त -
म त्यहा“ हुन्जेल त राजतन्त्रको यस्तो दर्ुगति भएको थिएन नि †
राजाले ०५९ असोज १८ गते पहिलोचोटि सत्ता हत्याउ“दा तपाईं सैनिक सचिव हुनुहुन्थ्यो, हैन र -
दरबारबाट केही कदम चालियो भने माओवादी समस्या समाधान गर्न सहयोग पुग्छ भन्ने धारणा थियो त्यसबेला ।
त्यही उद्देश्यबाट त्यो कदम चालिएको थियो त -
त्यो त प्रस्टै छ नि † माओवादीले त्यसबेला राजनीतिक दलहरूलाई पूरै 'मिनिमाइज' गरेका थिए र सबै शक्ति दरबारमा केन्द्रित भयो भने 'डिल' गर्न सकिन्छ भन्ने प्रस्ताव राखेका थिए ।
ँअसोज १८’ पछि माओवादीस“ग जुन वार्ता भयो, त्यसको सूत्रधार तपाईंलाई नै मानिन्छ, हो -
त्यसबेला माओवादीस“ग वार्ता गर्न धेरै जनाले प्रस्ताव ल्याइरहेका थिए । त्यसमध्ये एक जना समता पार्टर्ीीे अध्यक्ष नारायणसिंह पुन आर्मीमै छ“दाको मेरो पुरानो साथी हुनुहुन्थ्यो । उहा“को प्रस्ताव मैले राजामा जाहेर गरे“ । राजाले कुरा अगाडि बढाउन भनेपछि पुनले माओवादी नेताहरूस“ग संवाद गर्न थाल्नुभयो । पुनको माओवादीस“ग भएको कुरा मैले राजासमक्ष पुर्याउ“थे“ । पछि त पुनले राजास“ग सीधै पनि कुरा गर्न थाल्नुभयो । सुरुमा त्यसबारे दर्ुइ, तीन जनाभन्दा बढीलाई थाहा थिएन । माओवादीस“ग औपचारकि रूपमै वार्ता गर्ने कुरा भएपछि मात्र अरूलाई थाहा दिइएको हो ।
त्यो वार्ताका क्रममा माओवादी नेताहरूलाई पनि भेट्नुभयो -
त्यसबेला माओवादीबाट राजालाई भेट्ने प्रस्ताव निकै आयो । अनि, मैले राजाका तर्फाट रामबहादुर थापा र कृष्णबहादुर महरालाई भेटेर कुरा गरेको हु“ ।
माओवादीहरूको राजास“ग चाहि“ भेट भएन -
भएन, त्यसपछि त वार्ता नै भङ्ग भइहाल्यो नि †
वार्ता भङ्ग भएलगत्तै तपाईं प्रमुख सैनिक सचिव पदबाट हट्नुभयो । किन राजीनामा दिनुभएको -
दरबारका उच्च पदहरू भनेको राजाको स्वविवेकमा चल्ने 'पोस्ट' हो । उहा“ले त्यो पोस्टमा मलाई चाहिबक्सेन अथवा अरूलाई नै ल्याउन चाहिबक्सियो र मेरो राजीनामा मागिबक्सियो, मैले एक मिनेट पनि नसोची राजीनामा दिए“ ।
कारण के थियो -
एक जना डीआईजीको सरुवाको विषयलाई लिएर प्रधानमन्त्री -र्सर्ूयबहादुर थापा) ले राजासमक्ष जाहेर गर्नुभएछ, जबकि त्यसबारे मलाई केही थाहा थिएन । त्यही विषयमा मैले पहिल्यै किन जाहेर नगरेको भन्दै राजाबाट राजीनामा मागियो ।
कारण त्यति नै हो त -
भनेको कारण त त्यति नै हो । तर, एउटा तथ्य के हो भने दरबार हत्याकाण्डपछि नै मलाई एकथरीले त्यहा“बाट हटाउन निकै प्रयास गरेका थिए । म दरबारको सुरक्षा इञ्चार्ज भएकाले त्यहा“ त्यत्रो हत्याकाण्ड भएपछि त्यो जानकारी राख्ने मान्छेले मलाई त्यहा“बाट हटाउन खोज्नु अस्वाभाविक पनि होइन । यसरी बुझ्दा पनि हुन्छ- म त्यहा“ बस्दा जुन स्वदेशी-विदेशी 'इन्टे्रस्ट ग्रुप' हरूको स्वार्थमा धक्का पुगेको थियो, तिनैले मलाई हटाउने खेल खेले । त्यो कुरा पछि खुल्दै जाला ।
राजतन्त्र र गणतन्त्र
नेपालको राजतन्त्रको भविष्य कस्तो देख्नुहुन्छ -
दरबारमा तीसौ“ वर्षकाम गरेको, सेनाको पृष्ठभूमि भएको आदि कारणले म नेपालमा राजतन्त्र रहोस् र त्यसैमा नेपालको हित छ भन्ने ठान्छु । तर, अहिले जुन माहोल बन्दैछ, त्यो हर्ेदा नेपालमा राजतन्त्र रह“दैन, गणतन्त्र नै आउ“छ । मेरो विचारमा जनताको प्रत्यक्ष मत लिएर जनमतसङ्ग्रहबाटै त्यसको छिनोफानो गर्न उचित हुन्छ । तर, यदि संविधानसभाको पहिलो बैठकबाटै अन्तिम टुङ्गो लगाउने हो भने राजालाई पहिलो राष्ट्रपति बनाएर राजसंस्थालाई मर्यादित अवतरण गराए राम्रो होला ।
निकट भविष्यमा संविधानसभा निर्वाचन नभए पनि राजतन्त्र जोगिने आधार देख्नुहुन्न -
कुनै नाटकीय घटनाक्रम भएमा मात्र त्यो सम्भावना छ ।
गणतन्त्र स्थापनापछिको नेपाल कस्तो होला -
मलाई लाग्छ, गणतन्त्रको स्थापनाले पनि नेपालमा स्िथरता ल्याउ“दैन, बरु जातीय-क्षेत्रीय साम्प्रदायिकता बढ्न सक्छ ।
गणतन्त्र घोषणा भएमा राजा ज्ञानेन्द्रबाट कुनै प्रतिर ोध/प्रतिवाद होला -
म त्यस्तो सम्भावना देख्दिन“ ।
सेना र "कू"
अप्ठ्यारो पर्दा अहिले पनि सेनाले राजालाई साथ दिन्छ भनिन्छ, तपाईंलाई के लाग्छ -
मलाई त्यस्तो लाग्दैन । आर्मी पनि देशका अरू संस्थाजस्तै ऐन-कानुनबाट चल्ने अङ्ग हो । सेनाले लामो समयसम्म राजसंस्थाप्रति किन बफादारी देखायो भन्ने बुझ्न ०१६ सालको सैनिक ऐन हर्ेर्नुपर्छ, जुन ०६३ सालसम्म चल्यो । त्यो ऐनमा कर्र्णोलभन्दा माथिका अधिकृतहरूको पदोन्नतिमा सीधै राजाको स्वीकृति चाहिने अप्रत्यक्ष व्यवस्था थियो । अहिले पनि कानुनी रूपमा जे प्रावधान छ, आर्मीले त्यसैलाई पछ्याउ“छ ।
देशमा खिचलो बढ्दै गएमा सैनिक ँकू’ समेत हुनसक्ने आशङ्का गरिन्छ त -
आर्मी नियम-कानुन र वैधानिक सरकारको निर्देशन अनुसार चल्ने संस्था हो । तर, यदि देशमा विखण्डन र सरकारविहीन अवस्था आयो भने आर्मीले 'कू' गर्ने होइन कि त्यो काम जबरजस्ती आर्मीलाई थोपरन्िछ, देश सम्हाल्नका निम्ति ।
सेनाको त्यो कदम कसविरुद्ध हुनेछ, माओवादीविरुद्ध -
होइन-होइन, अराजकताविरुद्ध ।
त्यसपछि त सेनाले राजनीतिक भूमिका पनि खेल्ने होला, हैन -
त्यसपछि त खेल्नसक्छ । तर, हाम्रो भौगोलिक अवस्था यस्तो छ कि आर्मीले चाहेर मात्र केही गर्न सक्दैन । सेनाको सत्ता दर्ुइ-चार महिना त टिक्ला तर छिमेकीहरूको र्समर्थन भएन भने कसरी टिक्नु -
छिमेकीले ँग्रीन सिग्नल’ दिएमा चाहि“ त्यो सम्भव छ त -
छैन, जनताको चाहना भएमा मात्र त्यो हुनसक्छ ।
त्यस्ता कदम त प्रायः ँजनचाहना’ कै दुहाइ दिएर चालिन्छ नि -
सबैले गर्ने त्यही हो । भोलि आर्मीले केही गर्यो भने पनि जनचाहना नै भनिएला ।
माओवादी र कार्टर
तपाईं माओवादीहरूस“ग निकै नजिकिनुभएको सुनिन्छ, सा“च्चै हो -
प्रचण्ड र बाबुराम भट्टर्राईस“ग दर्ुइ-तीनचोटि भेट भयो । एक, दर्ुइचोटि उहा“हरूले अन्तरक्रिया कार्यक्रममा पनि बोलाउनुभयो । यही कारण मलाई माओवादीस“ग नजिकिएको भनिएको होला ।
काङ्ग्रेस, एमालेजस्ता संसदीय पार्टर्ीीको कार्यक्रममा चाहि“ नजाने तर हिजो जोस“ग युद्ध गर्नुभयो, त्यही पार्टर्ीीे अन्तरक्रियामा चाहि“ जाने, अलि अस् वाभाविक भएन -
मलाई काङ्ग्रेस पार्टर्ीी कहा“ बोलाएको छ - एमालेले कुन गोष्ठी वा सेमिनारमा बोलाएको छ - अथवा, मलाई दरबारबाट केमा बोलाइएको छ - त्यो विचार गर्नुपर्यो नि † माओवादीले त बोलाए, त्यही भएर गए“ ।
उहा“हरूको सोचाइ कस्तो पाउनुभयो -
सत्ता कब्जा गर्न नसक्ने तर यही राज्य व्यवस्थामा आउन पनि नचाहने विरोधाभासमा हुनुहुन्छ उहा“हरू । त्यसैले कहा“-कसरी 'ल्यान्डिङ्' गर्ने भन्ने कुरामै 'कन्फ्युजन' छ । मैले उहा“हरूलाई सुझाव दिएको छु- तपाईंहरू चुनावमै जानर्ुपर्छ ।
ए, तपार्इंको सुझाव पनि माग्नुहुन्छ उहा“हरूले -
भेट्दा लागेको कुरा त भन्नुपर्यो नि †
तपाईंजस्ता ँराजावादी-राष्ट्रवादी’ हरूलाई समेट्नुपर्ने प्रचण्डको प्रस्ताव पनि तपाईंकै सुझाव अनुसार आएको हो कि के हो -
विशेष गरेर गौरको हत्याकाण्डपछि उहा“हरूलाई ठूलो 'शक' भएको थियो । नेपालमा विदेशी हस्तक्षेप कति छ भन्ने कुरा उहा“हरूले त्यसपछि महसुस गर्नुभयो । जति ठूलो कुरा गरे पनि वास्तवमा त्यसपछि उहा“हरूले निकै एक्लो महसुस गर्नुभयो जस्तो लाग्छ मलाई । त्यसैले मैले उहा“हरूलाई भनेको थिए“- तपाईंहरू गणतन्त्रमा गइहाल्नुभयो, अब राजतन्त्रलाई स्वीकार्नुहोस् भन्दा पनि मान्नुहुन्न तर राजा मान्ने राष्ट्रवादीहरूलाई चाहि“ समेट्नुहोस् ।
अमेरिकाका भूपू राष्ट्रपति जिमी कार्टरस“ग माओवादीहरूको जुन सम्बन्ध स्थापित भयो, त्यसमा कार्टर सेन्टरस“ग तपाईंको सम्बद्धताले पनि काम गरेको हो -
दरबारबाट हट्नासाथ मलाई कार्टर सेन्टरले सर्म्पर्क गरेर नेपालमा शान्ति स्थापना गर्न भूमिका खेल्न इच्छुक रहेको जानकारी दिएको थियो । त्यसबेला माओवादीहरू 'जनयुद्ध' गररिहेका थिए । त्यहीबेला मेरो साथी डा दुमन थापाले माओवादी नेताहरूस“ग भारत र यहा“ भेटेर कार्टर सेन्टरले गर्ने भूमिकाका बारेमा अवगत गराएका थिए । हामीले कार्टर सेन्टरको प्रस्तावबारे दरबारलाई पनि सूचित गरेका थियौ“ । ०६२ मङ्सिरमा सात दल र माओवादीबीच जुन १२ बु“दे समझदारी भयो, त्यो हुनुभन्दा छ महिनापहिले यदि शान्तिको गम्भीर प्रयास नहुने हो भने केही न केही विदेशी कदम आउ“छ भनेर हामीले दरबारलाई जानकारी गराएका थियौ“ ।
कस्तो विदेशी कदम -
भारतले गराएको त्यही १२ बु“दे समझदारीलाई मान्नूस् न †
तर, त्यसबेला तपाईंको कुरा दरबारले पत्याएन हैन -
म दरबारमा नपत्याइएको मान्छे, दरबारले मेरो कुरा पत्याउने त प्रश्नै भएन
Send your comments & suggestions to us at e-mail
© 2007, Ekantipur
No comments:
Post a Comment