राजदूत डा. चालिसेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत
-२३ जनवरी. ०८ । अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसेले अमेरिकी राष्ट्रपति जर्ज बुशसमक्ष मंगलबार ह्वाईट हाउसमा एक समारोहकाबीच आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनु भयो । सो अवसरमा राष्ट्रपति बुशले राजदूतमार्फत नेपालमा नेकपा माओबादीसंग मिलेर संबिधान सभाको निर्बाचन सम्पन्न गर्न सल्लाह दिएका थिए भने प्रत्युक्तरमा राजदूत चालिसेले त्यसरी नै तयारी भईरहेको जानकारी दिएका थिए । उक्त अवसरमा गृहराज्य टेक्सास भएका राष्ट्रपति बुशले टेक्सास सिटीजन नामक सदस्यता लिएका राजदूत चालिसेलाई तपाई पनि त टेक्सास नागरिक हुनुहुन्छ हैन र ? भनेर ठट्टासमेत गरेका थिए । स्मरण रहोस, शाही शासनकालमा राजा ज्ञानेन्द्रले न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको साधारण सभामा भाग लिएर राष्ट्रपति बुशलाई भेट्ने योजना बनाएका थिए तर बुशसंग भेट्न नपाउने भएपछि अमेरिकाको भ्रमण नै रद्द गर्नुपरेको थियो । ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत चालिसेले मंगलबार साँझनै राजदूताबासमा एक रात्रीभोजको आयोजना गरेका थिए ।
No comments:
Post a Comment