संविधानसभा निर्वाचन तैयारीका लागि भेटघाट
निर्वाचन आयोगका आयुक्तहरुले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेटी संविधानसभाको निर्वाचन सम्पन्न गराउन आयोग तयार रहेको बताएका छन्। पोखरेलले शान्तिसुरक्षाको स्थिति देशका केही भागहरुमा झन् जटिल भएको बताएका छन् ; आयुक्तहरुले चैतमा चुनाव गराउने भए सातदलीय गठबन्धन सरकार त्यसको सम्पूर्ण तयारीमा जुट्नु पर्ने बताए। दुई पटक संविधानसभाको चुनाव स्थगित भएपछि पुरा तयारी र गृहकार्यका साथ चुनावको अपरिवर्तनीय मिति घोषणा गर्नुपर्ने सार्वजनिक अभिब्यक्ति आयोगका अधिकारीहरुले दिंदै आएका छन्।
प्रधानमन्त्रीसंगको भेटपछि प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले बीबीसीसंग भने, “चुनाव गराउन दलहरु पनि तातेको र हामी पनि तातेको अवस्थामा अब संविधानसभाको चुनाव सम्पन्न गर्न सबैजना मिलेर लाग्नु पर्छ भन्यौ।” शान्तिसुरक्षाआयुक्तहरुले चुनाव जति टाढा सर्यो त्यति नै गाह्रो हुने बताउँदै आएका छन्। प्रधानमन्त्रीसंगको भेटमा पनि शान्तिसुरक्षाको कुरा उठेको पोखरेलले बताए।
उनले भने, “हामीले भन्दै आएका छौं, मंसिरमा भन्दा अहिले शान्तिसुरक्षाको स्थिति देशका केही भागहरुमा झन् जटिल भएको छ।” पहिलेको स्थितिमा आयोगले तयारीका लागि ११० दिन मागेको भएपनि मंगलबारको भेटमा आयुक्तहरुले तयारीकालागि नब्बे दिनको समय माग गरेको बताइएको छ।
आयोगले चुनावलाई पहिलो प्राथमिकतामा राख्दै सबै दलहरुलाई चुनावको तयारीमा जुट्न र आवश्यक संयन्त्रहरु बनाउन पनि सुझाव दिएको छ। निर्वाचन कानुन अन्तरिम संसदमा छलफलका लागि पेश गरिएका निर्वाचनका लागि आवश्यक कानुनहरु छिट्टै संशोधन हुने आशा आयुक्तहरुले गरेका छन्।
मंसिरमा हुने भनिएको चुनाव माओवादी दबाबका कारण अचानक स्थगित हुनपुगे पछि अन्तरिम संविधान संगसंगै पहिले बनेका निर्वाचन कानुनहरुसमेत काम नलाग्ने हुन पुगेका थिए।
केही दिनअघि अन्तरिम संविधान संशोधन भएर अब संसदले पारित गर्नु पर्ने विधेयकहरुमा निर्वाचन आयोग विधेयक, मतदाता नामावली सम्बन्धी विधेयक र संविधानसभा सदस्य निर्वाचन विधेयक रहेका छन्। ती विधेयकहरु पारित भएपछि निर्वाचनको मिति तोक्न सजिलो हुने राय अधिकारीहरुको छ।
No comments:
Post a Comment