सडक दुर्घटनामा नेपाली छात्राको मृत्यु
बुधबार विहान अमेरिकाको ओहायो राज्यमा अध्ययनरत नेपाल झापाकी अप्सना गिरी वर्ष २६ को भ्यान दूर्घटनामा मृत्यु भएको छ ।ओहायो राज्यमा रहेको बोलिड० ग्रीन स्टेट युनिभरसिटीका अन्तर्राष्ट्रिय विद्यार्थीहरु लिएर नयाँ वर्षको छुटि्ट मनाएर सिकागोबाट फर्कदै गर्दा सो कलेजभन्दा १५ माइल पर भ्यान हिमपात भएको सडक दूर्घटनामा परी गिरी र भारत कलत्ताकी स्वीटी मजुमदार वर्ष २५, को मृत्यु हुन गएको र अन्य पाँच जना विद्यार्थीहरु घाइते बन्न पुगेको कुरा सोही कलेजका प्रवक्ताले जानकारी दिएका छन् ।भ्यान दुर्घटना २ तारिख राती स्थानीय समय १२ बजेर २० मिनेट जाँदा हुन पुगेको थाहा हुन आएको छ ।गिरी वाइलोजिकल साइन्सकी मास्टर ड्रि्रीमा अध्ययनरत थिइन् ।मृतक विद्यार्थी गिरीको घर झापा हो । उनी बाबाआमाकी एक छोरी हुन् र उनका दाजु काठमाडौं सानेपामा रहँदै आएका छन् ।
No comments:
Post a Comment