'कांग्रेसले समानुपातिक र माओवादीले गणतन्त्रमा पुनर्विचार गरोस्'
काठमाडौं, मंसिर ७ - अमेरिकी पर्ूवराष्ट्रपति जिम्मी कार्टरले कांंग्रेसले समानुपातिक र माओवादीले गणतन्त्रमा पुनर्विचार गरेर निकास निकाल्न आग्रह गरेका छन् ।
शुक्रबार सा“झ मुख्य दलहरू कांग्रेस, एमाले र माओवादीका नेताहरूस““गको सामूहिक भेटमा कार्टरले त्यस्तो आग्रह गरेका हुन् । दलहरूले भेटमा आ-आफ्नो पार्टर्ीी पर्ूववत् अडान प्रस्ट पारेपछि उनले कांग्रेस र माओवादीलाई पुनर्विचार गरेर सहमतिमा आउन अनुरोध
गरेका थिए ।
संविधानसभाको चुनाव चा“डो हुनुपर्ने र त्यसका लागि सात दलको एकता कायम गरी अघि बढ्न उनले आग्रह गरेका थिए । 'कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीमा र माओवादीले गणतन्त्रको सवालमा विचार गरेर सहमतिमा पुग्नुहोस्,' कार्टरलाई उद्धृत गर्दै भेटमा सहभागी एमाले स्थायी कमिटी सदस्य झलनाथ खनालले भने ।
कार्टरस“गको भेटमा कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल, शेखर कोइराला, एमालेका खनाल, भरतमोहन अधिकारी, भीम रावल र माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई, प्रवक्ता कृष्णबहादुर महरा थिए ।
'संघीय गणतन्त्र, समानुपातिक नै सहमतिको विन्दु भन्ने विषय हामीले छलफलमा राख्यौं,' डा. भट्टर्राईले भने- 'कांग्रेसले पुरानै अडान दोहोर्याएपछि कार्टरले सहमति गरेर जानर्ुपर्छ भन्नेमा जोड दिए ।'
तीन दलस“गको भेटपछि कार्टरलेे माओवादी नेताहरूस“ग छुट्टै भेट गरेका थिए । भेटमा आफूहरूलाई चुनावमा जान नचाहेको भन्ने केही आरोप झूटा भएको कार्टरलाई जानकारी गराएका थिए ।
कार्टरले शनिबार प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई भेट गर्ने जानकारी दिएका थिए । 'प्रधानमन्त्रीस“गको भेटमा सबै कुरा छलफल गर्छर्ु तपाईंहरू मिलेर चुनाव छिटो गर्नुहोस् भन्नेमा जोड थियो कार्टर्र्को,' भट्टर्राईले भने ।
पिछडिएका आदिवासी जनजाति, दलित, मधेसी, महिलाको विषय उठाएर राम्रो काम गरेको कार्टरले माओवादीस“ग भनेका थिए- 'उनीहरूले अधिकार पाए सा“च्चिकै नेपाल विश्वको नमुना देश बन्नेछ ।'
No comments:
Post a Comment